कवितामा फर्कनुहोस्

कविता · २०२६ अगस्ट ३१

सम्झनु त पर्ने थियो

Nepali Poem by Bijaya Luintel

सम्झनु त पर्ने थियो

बाले काँधमा बोकेर बजार डुलाएको

सम्झनु त पर्ने थियो

बाले पहिलो जमेट्री बक्स दिलाएको

कलेज जाँदा हत्केलामा राखिदिएको पाकेट खर्च

पास हुँदा काँधमा मारेको तातो धाप

सम्झनु त पर्ने थियो

जागिर पाउँदा, बाले हाँसेको गर्वको हासो

दुवैले साथमा हिँडेको बाटो, बाँचेको जीवन

सप्पै सप्पै सम्झनु पर्ने थियो

अनगिन्ति कुराहरु थिएँ

जो सम्झनु माग थियो परिस्थितिको

अफसोस बाको किरिया बसुन्जेल

तेरो इशारामा चल्छु भन्दै

मोबाइलले चलाइरह्यो उसलाई

बालाई सम्झिने फुर्सद नै पाएन …….

त्यो को थियो ?

चिन्नुहुन्छ उसलाई ?

विजय लुइटेल